अत्याचारको सीमा नाध्यो पृथ्वीमा म उपर भन्दै
गुहार्न थाली ब्रम्हासित गंगा मैया
परापूर्वकालदेखि स्वच्छ सुन्दर भएर बगिरहेको म
आज कलियुगमा आइपुग्दा भएँ म
कलंकित, दुर्गन्धमय
खण्डित र कुरुप ।
त्यस्तै
जलचर नभचर थलचरहरु सबै
ब्रम्हासँग रोइकराइ गुहार्न थाले
हे प्रभो व्रम्हा हामीलाई पृथ्वीलोकमा
बाँच्न कष्टकर भयो
हिंड्डुल गर्न गाहारो भयो ।
फेरि पहाड पर्वत र हिम श्र्रखलाहरु पनि
दिनपरदिन जसो अस्थिपन्जरमा परिणत हुँदैछन्
र भन्दैछन् हामीलाई कष्ट भयो । कष्ट भयो ।
यसैगरी व्याप्त भयो
पशुपंछिका काटमार र मान्छेहरुका चित्कारले
बढे पापीहरुका पाप
कोविद १९ का कारण
चारैतिर मच्चियो कोलाहल र क्रन्दन ।
पृथ्वीमा मच्चिएको यस्तो विपदले
ध्यानभंग भयो ब्रम्हाको
आफ्नो सृष्टिको गलत उपयोग गरेर
दानव भएका मानवहरुका कारण
प्रकृतिमाथिको खेलवाद र
प्राणीमाथि निर्मम हिंसाले
आखिर पाप करायो धुरीबाट ।
अन्तमा ब्रम्हाले भने –
हे सर्वश्रेष्ठ प्राणी मानव !
भविष्यमा यस्ता हाहाकारबाट बच्न
सुधार आफूलाई
र सुरक्षा गर सबको बाँच्ने हक
त्यतिकै महत्व देऊ प्रकृतिलाई
र अन्य सृष्टिलाई
जति तिमी आफैलाई दिन्छौ ।
– रीतादेवी प्रधान
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३