काठमाडौं – सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोनाको खोपका लागि कार्ययोजना स्वीकृत गर्दै सरकारी अस्पतालमा कोरानाको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
यसअघि पनि सरकारले कोरोना परीक्षणदेखि उपचारसम्म निःशुल्क गर्दै आएको थियो । केही समयअघि भने सरकारले उपचार निःशुल्क नगर्ने निर्णय गरेको थियो । सो निर्णयको चौतर्फी विरोध भएको थियो । अदालतले समेत कोरोना संक्रमितको उपचार निःशुल्क गराउन आदेश दिएको थियो ।
सरकारले कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै ३० मंसिरसम्मलाई सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा ३० कात्तिकसम्म जारी प्रतिबन्ध एक महिना थपिएको जानकारी दिएका छन् । सरकारले गत ११ चैत २०७६ देखि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशमा लकडाउन घोषणा गरेसँगै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्दै आएको छ ।
सरकारले कात्तिकदेखि आगामी चैतसम्म प्रधानमन्त्रीदेखि राज्यमन्त्रीसम्मको आधा तलब भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको सरकार प्रवक्ता गुरुङले जानकारी दिएका छन् । सरकारले नेपालमा चिया खेतीको दिगो विकासका लागि अमेरिकाले दिने १७ करोड ५० लाख डलर सहायता स्वीकार गर्ने निर्णय गरेको आजको राजधानी दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३