काठमाडौं – रोजगारीका लागि कतारमा नयाँ श्रम स्वीकृति लिएर जानेका लागि बाटो खुलेको छ । यसअघि बिदामा गएकालाई लिँदै आएको कतार सरकारले अघिल्लो साता सूचना निकालेर नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्नसक्ने बताएसँगै नेपाली श्रमिकका कतार जाने बाटो खुलेको हो ।
कतारस्थित नेपाली दूतावासले पनि आइतबारदेखि नयाँ मागपत्र प्रमाणीकरणको काम थाल्ने जनाएको छ । कतार सरकारको सूचना आएसँगै दूतावासले नयाँ मागपत्र प्रमाणीकरण थाल्ने जानकारी गराएको हो ।
कोरोनाका कारण यसअघि कतारले नेपालसहित विभिन्न देशलाई उच्च जोखिमको सूचीमा राखेको थियो । उच्च जोखिममा राखेको देशका नागरिकका लागि कतार सरकारले नयाँ श्रम पनि खुलाएको थिएन तर अब भने त्यो प्रतिबन्ध हटाउँदै कतारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक पनि कामका लागि लिने भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३