ढकाल समूहबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल प्रधान, जिल्ला नगरमा गुणनिधि तिवारी र एसोसिएटमा रामचन्द्र सङ्घई प्रतिस्पर्धा गर्दै छन् । प्रधान समूहबाट वस्तुगतमा अन्जन श्रेष्ठ, एसोसिएटमा सौरभ ज्योति र जिल्ला नगरमा दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
महासङ्घको विधानअनुसार एक वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्षसहित विभिन्न समूहबाट सदस्यहरू निर्वाचित हुँदै छन् । यसअनुसार जिल्ला नगरबाट १८ जना सदस्य निर्वाचित हुने छन् ।
यसका लागि ३८ जना व्यवसायीले मनोनयन दर्ता गराएका छन् । त्यस्तै प्रदेश सदस्यका रूपमा सात प्रदेशबाट सात सदस्य पनि निर्वाचित हँुदै छन् । यसमा प्रदेश १ मा ढकाल समूहका उम्मेदवार राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रदेश २, गण्डकी, कर्णालीबाट दुई÷दुई जनाको मनोनयन परेको छ भने बाँकीमा तीन÷तीन जनाले उम्मेदवारी दिएका छन् । संस्थापक सदस्य समूहको एक जना सदस्यका लागि दुई जनाको उम्मेदवारी रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।