काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार संक्रमित पुष्टि हुनेमा २६३ र ३३१ पुरुष रहेका छन् ।
काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर मंगलबार संक्रमित पुष्टि हुनेमा १ हजार ३८२ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ९९ हजार ६८६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ९४७ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२३ जना रहेका छन् ।
२४ घण्टामा १ हजार ६२१ कोरोनामुक्त, २३ को मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ६२१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २९ हजार ५४ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६३७ पुगेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७