काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षा अनुसारको काम गर्न नसकिएको स्वीकार गरेका छन् ।. बुधबार काठमाडौंमा सञ्चारकर्मीसँगको मेयर शाक्यले समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न नसकेको बताएका हुन् ।
‘खानेपानी, ढल, सडक, विजुली, इन्टरनेटको तार लागयतको कामको अनुमति दिने, नियमन गर्ने र राजश्व समेत उठाउने निकाय अलग अलग छन् तर यी सबैले समन्वय गरेर काम गर्दैनन् ’ मेयर शाक्यले भने । तोकिएको निकायले काम नगर्ने तर दोस महानगर र मेयरले पाइरहेको पनि शाक्यले बताए । महानगरले आफै काम गर्न नपाउने, काम गर्छु भन्दा पनि नदिने प्रवृतिले चाहेर पनि धेरै काम गर्न नसकेको मेयर शाक्यले बताए ।
काठमाडौं महानगरले अहिले सम्पदा संरक्षण र पुराना घर, पाटी, छेँः को जिर्णोद्धार गर्न योजना नै बनाएर काम गरिरहेको पनि मेयर शाक्यले बताए । रानीपोखरीको बीचमा रहेको शिखर शैलीको बालगोपालेश्वर मन्दिर बनाउन र हनुमानढोका अगाडिको काष्ठमण्डपलाई पुरानै शैली र कलामा बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि मेयर शाक्यले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७