काठमाडौं – यतिबेला राजावादीको सडक प्रदर्शन बढ्दो छ । उनीहरु राजसंस्था र हिन्दु राष्ट्रको पुर्नवहालीको माग गर्दै सडक प्रदर्शन गर्दै आएका छन् ।
अब काँग्रेस पनि सडकमा ओर्लिएको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उदघाटनमा जाँदा प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोधमा काँग्रेसले २९ मंसिरमा प्रदर्शन गर्न लागेको हो ।
काँग्रेसले प्रदर्शनका लागि नारा समेत निर्धारण गरेको छ । १० वटा नारामा पहिलो नारा छः संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद जिन्दावाद । तेस्रो नारा छ: सर्वसत्तावादी ओली सरकार मुर्दावाद मुर्दावाद । चौंथो नम्बरको नारा: तनहुँमा भएको र्दुव्यवहार अपमान र अत्याचार राखिएको छ ।
यसैगरी काँग्रेसले ७७ जिल्लामा प्रदर्शनका लागि केन्द्रीय नेताहरुलाई खटाएको छ । सभापति शेरबहादुर देउवा मकवानपुर र वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुनेछन् ।
उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी ललितपुरको प्रदर्शनमा सहभागी भई सम्बोधन गर्नेछन् । पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषामा पुगेर सम्बोधन गर्नेछन् । गगन थापा कैलाली र प्रदीप पौडेल कञ्चनपुरको विरोध सभालाई सम्बोधन गर्न पुग्नेछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७