काठमाडौं – आज दिउँसो बस्ने नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुँदैछन् । यसअघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा सारिएको छ । दिउँसो १ बजे बस्ने बैठक एक घन्टा मात्र बस्ने बुझिएको छ ।
बैठकमा थोरै नेताहरुले मात्र बोलेर केही दिनका लागि स्थगित गर्ने तयारी भएको छ । हिजो स्थायी कमिटी सदस्य शंकर पोखरेलको सक्रियतापछि बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली उपस्थित हुने माहोल तयार भएको थियो । तर, बैठकमा आज राजनीतिक प्रतिवेदनमाथि भने छलफल अगाडि नबढ्ने भएको छ । सकारात्मक सन्देश दिनेगरी ओली सहभागी भई बैठक अगाडि बढाउने र सहमतिको प्रयास अगाडि बढाउने तयारी भएको छ ।
सहमतिको लागि दुवै अध्यक्षबीच छलफल बढेको छ । पटक पटकको छलफलपछि पनि दुवै नेता पछि हट्न चाहेका छैनन् । अहिलेलाई विवाद यथास्थितिमा राखी सहमतिका लागि पहल गर्ने र बैठक पनि तत्काललाई सार्ने सहमति भएको बुझिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७