काठमाडौं – त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारबाट स्नातक तहको परीक्षा सुरु गरेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि सञ्चालन हुन नसकेको परीक्षा सुरु गरिएको हो । परीक्षामा यसपटक ९५ प्रतिशत विद्यार्थीको सहभागिता रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
विद्यार्थीको भौतिक उपस्थितिमै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको परीक्षा लिएको झण्डै दुई सातापछि विश्वविद्यालयले परीक्षा लिन थालेको हो । बोर्डले झण्डै चार लाख विद्यार्थीको परीक्षा मङ्सिर दोस्रो साता सकेको थियो ।
विगतका वर्षका परीक्षामा भन्दा यस पटकको परीक्षामा विद्यार्थीको उपस्थिति धेरै उत्साहजनक देखिएको जानकारी उनले दिए । त्रिविले आइतबारबाट सञ्चालन गरेको स्नातक तहको व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञानमा ७२ हजार विद्यार्थी परीक्षामा सहभागी रहेको जनाइएको छ । काठमाडौं उपत्यका बाहिरका धेरै परीक्षा केन्द्रमा होमसेन्टर दिइएको र विद्यार्थीले परीक्षाको तयारीसमेत गर्न पाएका कारण विद्यार्थीको सहभागिता बढेको नियन्त्रक जोशीले जानकारी दिए ।
यसले आफूहरूलाई उत्साहित बनाएको उनको भनाइ छ । यसपटक विश्वविद्यालयले भौतिक उपस्थितिमा परीक्षा गर्ने निर्णय गर्दै परीक्षा केन्द्रसमेत बढाउने निर्णय गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३