प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कुनैपनि हालतमा राजा फर्केर आउने सम्भवाना नरहेकोले त्यस्तो भ्रम नराख्न आग्रह गरेका छन् । उनले सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै कराउने हिम्मत कहाँबाट आयो भनेर प्रश्नसमेत तेर्साएका छन् ।
सरकारविरूद्ध मकवानपुरमा आज भएको प्रदर्शनमा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘राजा आऊ, देश बचाऊ भनेर कराइरहेका छन्, कहाँबाट हिम्मत आयो?’ पूर्व प्रधानमन्त्री देउवाले सडकमा राजा आउ देश बचाउ भनेर नारा लाग्नुमा मुख्य दोष पनि प्रधानमन्त्री केपी शर्मा ओलीको नै रहेको जिकिर गरे । उनले थपे,कम्युनिष्ट सरकारको कारणले नै राजा आऊ, देश बचाऊ भनिरहेका छन्। यसमा ओली सरकार जिम्मेवार छ, कांग्रेस राजाका पक्षमा छैन।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७