काठमाडौँ – कोभिड–१९ को पीसीआर परीक्षणको नमुना संकलन विधिमा फरक पर्दा नतिजामा भिन्नता देखिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको कोभिड–१९ डायग्नोस्टिक ल्याबहरुको मूल्यांकन अध्ययनले यस्तो नतिजा देखाएको हो ।
परिषद्का सदस्यसचिव डा प्रदीप ज्ञवालीले कुनै अस्पताल वा प्रयोगशालाले नाक र कसैले मुखबाट स्वाब लिने गरेकाले पनि रिपोर्टमा भिन्नता आएको बताए ।
उनले भने, ‘नाकबाट स्वाब संकलन गर्दा आवश्यक तालिमप्राप्त व्यक्ति चाहिन्छ । यो राम्ररी गरेको पाइएन ।’
देशभरका ६४ प्रयोगशालामा अध्ययन गरिएको थियो जसमा ४३ वटा सरकारी र २१ वटा निजी प्रयोगशाला समावेश थिए । कान्तिपुरमा खबर छापिएकाे छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३