काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन पुगेका छन् । उनले भरतपुर महानगरपालिकामा सिटी हल निर्माण र महेन्द्र राजमार्गको पुलचोक-गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने योजनाको शिलान्यास गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको गृह जिल्ला पुगेर ठुला आयोजनाहरु शिलान्यास गरेर चुनौती दिएका छन् ।
शिलान्यास कार्यक्रममा निकै कडा सुरक्षा दिइएको थियो । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले कार्यक्रम बहिष्कार गरेकी छिन् । उनले कार्यक्रमविरुद्ध प्रतिकार कार्यक्रम गर्ने बताएपछि सुरक्षा कडा पारिएको थियो ।
चितवनमा गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह पनि पुगे । बादलको गृहजिल्ला पनि चितवन नै हो । उनी र प्रभु शाह प्रचण्ड समूह छाडेर ओली समूहमा लागेका छन् । आजको शिलान्यासमा प्रचण्ड-माधव समूहले आपत्ति जनाइसकेको छ ।
भरतपुरको सिटी हल २७ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ । इण्डो सगुन रौताहा जेभीले ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको हो । यसमा २ हजार व्यक्ति अट्न सक्नेछन् ।
यसैगरी ६.०८ किलोमिटरको गोेन्द्राङ-नारायणगढ सडक छ लेनको बन्ने भएको छ । यसको लागत एक अर्ब १२ करोड रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३