काठमाडौं – विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका छन् ।
बुधबार बिहान राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना उपस्थित भएपनि उपराष्ट्रपति पुन र सभामुख सापकोटा अनुपस्थित भएका हुन् । ‘यो असंवैधानिक कदम हो भन्ने कुरा आइरहेको छ । त्यसैले उहाँहरु नजानु भएको हो । असंवैधानिक कदममा साक्षी बस्न जाने कुरा पनि जायज होइन,’ उपराष्ट्रपति पुन र सभामुख सापकोटा निकट श्रोतले बतायो ।
यसलाई कतिपयले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर संवैधानिक रुपमा देखिन थालेको भनेर टिप्पणी गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३