काठमाडौं – सरकारी पार्टीको आमसभाका कारण शुक्रबार काठमाडौंको दरबारमार्गका पसलहरु बन्द हुने भएका छन् ।
नेकपा ओली समूहले शुक्रबार नारायणहिटी संग्रहालयको मुख्य गेटमै मञ्च बनाएर आमसभा गर्न लागेपछि व्यापारीहरुले सो दिन व्यवसाय बन्द गर्ने भएका हुन् ।
यसअघि कुनै पनि राजनीतिक कार्यक्रम र हडतालको सामना गर्नु नपरेका दरबारमार्गका व्यवसायीहरु राजनीतिक सभा हुन लागेकोमा असन्तुष्ट छन् ।
व्यवसायीहरुले महानगरपालिका र प्रशासनसमक्ष दरबारमार्गमा आमसभा नगर्न आग्रहसमेत गरेका थिए, तर सरकारी पक्षको आमसभा उनीहरुले रोक्न सकेनन् ।
अन्ततः कार्यक्रम सार्न असफल भएपछि व्यवसायीहरुले माघ २३ गते दरबार मार्गमा पसल व्यवसाय बन्द गर्ने निर्णयमा पुगेको स्रोतले बतायो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३