काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पार्टीमा छँदासम्म भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्न अवरोध गरेको आरोप लगाएका छन्।
नेकपा ओली समूह निकट नेपाल भूमिहीन सुकुम्वासी संगठनको भेलालाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा आयोग बनाएर भूमिहीनहरूको समस्या समाधान गर्न पहल गरे पनि त्यतिबेला माधव नेपालले आफू निकट वकिललाई मुद्दा हाल्न लगाएर काम गर्न नदिएको आरोप लगाए ।
‘अघिल्लो पटक म प्रधानमन्त्री हुँदादेखि समस्या समाधान गर्न खोजियो। तर माधव नेपालले आफू समर्थित एउटा वकिललाई लगाएर मुद्दा हराएर त्यो आयोगको काम लड्केको लड्कै हुनै पाएन’, उनले भने, ‘सुकुम्बासी समस्या समाधान हुन नदिने नेता माधव नेपाल हुन्।’
प्रधानमन्त्री ओलीले माधव नेपाल पार्टीमा हुन्जेल काम गर्न नपाएको र पार्टी छोडेर पाटीमा गएदेखि काम भएको टिप्पणी गरे।
‘पार्टी छोडेर माधव नेपाल पाटीतिर गएपछि बल्ल आयोग पुरा भयो र काम गर्न सुरू गरियो’, उनले भने, ‘माधव नेपाल पार्टीमा हुन्जेल कामै गर्न नदिने, आयोगै पुरा हुन नदिने भएकाले आयोग पुरा हुनै सकेन।’
प्रधानमन्त्री ओलीले केही नेताले जे कुरामा पनि छलफल गर्नुपर्छ भनेर काम गर्न नदिएको आरोप लगाए ।
‘मैले नेपालमा छलफलवाला मान्छे ३ जना देखेँको छु,’ ओलीले भने, ‘पहिलो माधव नेपाल, दोस्रो नारायणकाजी श्रेष्ठ र अर्को घनश्याम भुसाल।’
प्रधानमन्त्रीले जहिले जे मा पनि छलफल गर्नुपर्छ। बैठक बसौं भनेर कामै गर्न नदिएको आरोप लगाए। ‘जहिले जेमा पनि छलफल गर्नुपर्छ। सुकुम्वासी आयोग बनाऔं न भन्यो, छलफल हुनुपर्छ, किन बनाइयो छलफल हुनुपर्छ, काममा खटाऔं मान्छे, छलफल हुनुपर्छ। उनीहरूलाई कुरा फिट्नमा आनन्द छ,’ उनले भने।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३