२३ माघ, काठमाडौं । नेकपा ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको ओली समूहले काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेको हो । यस प्रदर्शन संगसगै काठमाडौंमा व्यापक ट्राफिक जाम भएको ।
गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको छ । जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको छ ।
महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको छ । मोटरसाइकललाई भने चल्न दिइएको छ । जय नेपाल, महेन्द्र शालिक र केशर महल क्षेत्रमा पूर्णतः सवारीसाधन निषेध गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले बताए ।
अहिले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा चलिरहेेको छ, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३