काठमाडौं – रामकुमारी झाँक्री पक्राऊ परेकी छिन् । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई प्रहरीले शंखमूलस्थित घरबाटै पक्राऊ गरेको छ । उनलाई राज्यविरुद्धको कसूरको अभियोगमा पक्राउ पूर्जी जारी गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
झाँक्रीलाई पक्राऊ गर्न सादा पोशाकको प्रहरी विहान देखि नै उनको घरबाहिर पुगेको थियो । प्रहरीले उनलाई बाहिर आउन भनेपनि मानेकी थिइनन् ।
ठुलो संख्यामा प्रहरी परिचालन गरेर झाँक्रीलाई पक्राऊ गरिएको थियो । उनका समर्थकहरु नारावाजी गर्दै घरबाहिर पुगेका थिए । त्यस क्रममा स्थिति तनावग्रस्त भएको थियो ।
झाँक्री आक्रामक अभिव्यक्तिका कारण चर्चामा छिन् । उनीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३