काठमाडौँ – प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले असंवैधानिक विरुद्ध बोल्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजेको आरोप लगाउनुभएको छ । नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि थापाले उक्त आरोप लगाउनुभएको हो ।
राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले प्रकाउ गरेलगत्तै थापाले समाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ – कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति !
सरकारको त्रासले सत्ताको पक्षमा बोल्न नछाड्ने उहाँले बताउनुभयो । ‘सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन’, थापाले उल्लेख गर्नुभएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३