काठमाडौँ – स्रोत नखुलेको १ लाख ९० हजार रकमसहित ४ कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसमेत रहेका छन् ।
स्रोत नखुलेको रकमसहित रोल्पाबाट बुटवलतर्फ जाँदै गरेको उजुरीका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीसहित इन्जिनियर निर्मल पन्त, सवइन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगर समेतलाई नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको रिसालले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३