काठमाडौं – सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीहरुलाई एक/दुई दिनमै सार्वजनिक गर्ने बताएका छन् ।डिआईजी सुवेदीले आफूहरु अपराधीको निकट पुगिसकेकोले एक/दुई दिनभित्रै अपराधीलाई सार्वजनिक गर्ने बताएका हुन् । उनले भने,‘यो घट्नामा संलग्न अपराधीलाई सार्वनिक गर्ने तयारीमा छौं । अपराधी पत्ता लागिसकेको छ।’ उक्त घट्नाको अनुशन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सुवेदी आँफै खटिएका छन् । उनी आफै १० दिनदेखि बैतडीको एउटा सामान्य प्रहरी चोकीमा बस्दै आएका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३