काठमाडौं – एमिकस क्युरीले आज पनि संसद् विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । मंगलबारबाट शुरु एमिकस क्युरीको बहस आज पनि हुने भएको हो ।
पहिलो दिन बद्रिबहादुर कार्कीले र बुधबार दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए। यी दुबैको राय बाझिएको थियो ।
आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिने छन् । एमिकस क्युरीको बहस सकिएपछि सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेका रिटहरुमाथि आफ्नो फैसला सुनाउने छ । एमिकस क्युरीअघि रिट निवेदकका पक्ष र विपक्षको तर्फबाट बहस सकिइसकेको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । संसद् विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।
ती रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस हुँदै आएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३