वीरगंज – सशस्त्र प्रहरीको सहयोगमा वीरगंज भन्सार लगाएतका नाकाहरुवाट व्यापक रुपमा तस्करी शुरु भएको छ ।
नेपाल र भारतको सिमानाका मध्ये वीरगंज नेपालकै मुख्य नाका हो । लकडाउनका कारण गएको चैत ११ गतेदेखि बन्द रहेको यो नाका तीन चार महिना यतादेखि नियमित जस्तै छ । सवारी साधन जान नदिएपनि नेपाली नागरिकहरु दैनिक उपभोग्य सामाग्री खरिदका लागि आउजाउ गरिरहेका छन् ।
गएको माघ १६ गतेदेखि यो नाकालाई पहिलेकै झै नियमित बनाउन गृह मन्त्रालयले जिल्ला प्रशासनमा परिपत्र गरेको छ । तर नयाँ भाइरसको जोखिम भन्दै नाकालाई पूर्वकै अवस्थामा खुला गर्न प्रशासनले रोकलगाउँदा त्यसको सिधा फाइदा तस्करहरुलाई पुगेको छ । मुख्य नाकालाई छलेर तस्करहरुले वीरगंज भंसार नाकाको पूर्वीनाकाबाट अवैधरुपमा दैनिक उपभोग्य सामान भित्र्याइरहेका छन् । डिउटीमा खटिएका सशस्त्र प्रहरीहरु देखेपनि नदेखे झै गर्ने गरेका छन् ।
डिउटीमा खटिने सशस्त्रका जवानले पचास रुपैयाँदेखि पाँचसय रुपैयाँसम्म असुल्ने गरेका छन् । सशस्त्रको डिउ्टी भएपनि वीरगंज भन्सार नाकाको गेटमा व्यापाक मात्रामा तस्करी हुँदा समेत सुरक्षाका उच्चतहले कुनै वास्ता गरेको छैन् ।
वीरगंज भन्सारको गेटमा चेकचाँज गर्नेको लागि खटाईएको सशस्त्र प्रहरीले प्रत्यक ईरिक्सावाला संग ५० रुपैया असुल्ने गरेको ईरिक्सा चालकहरुले बताएका छन्।
भन्सार भित्रिएबाट सेटिङको सामान आउँना साथ डिउटीमा खटिएका सशस्त्र प्रहरीहरुले नदेखे झै गर्छन र सामान प्रवेश हुन्छ । कतिपय सशस्त्र जवान त त्यस्ता सेटिङका अवैध सामान आउन थालेपछि मोवाइल फोनमा व्यस्त हुने गरेका छन् ।
वीरगंज भन्सार कर्मचारी र एजेन्टहरुको मिलोमतोमा विभिन्न किसिमका अवैध सामानहरु सहजै भित्रिने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताए ।
भन्सारका कर्मचारीपनि असुली धन्दामा लाग्दा तस्करहरु खुलेआम अवैध सामान भित्र्याउन सफल भएका छन् । चौलिका चोकमा खटिने सशस्त्र प्रहरीपनि तस्करसँगको अवैध सेटिङमा छन् । मोटरसाइकल तथा साइकिलमा क्यारिङ गरेर दैनिकरुपमा अटोपार्ट्स, कपडा, खाद्यान्न, चामल, दाल, सूर्तिजन्य बस्तुलगायतका सामानहरु ल्याइरहेका छन् । ती सामान ल्याए वापत उनीहरुले सशस्त्र प्रहरीलाई रकम बुझाउने गरेका एक व्यापारीले बताए ।
त्यसै गरि पर्सा जिल्लाको ग्रामीण भेगमा रहेको भिस्वा ,सबैठवा , भिखमपुर, महादेवपर्टी, पिडारीगुठी लगाएतका नाकाहरुवाट अहिले व्यापकरुपमा कपडा, हाडयेवर, गाई , भैसी , लागुऔषध ओसार पोसार भईरहेको स्थानियले जानकारी दिए ।
सिमानाकाको सुरक्षा सशस्त्र प्रहरीको मुख्य जिम्मेवारी रहने गरेको छ ।
त्यसै गरि पर्सा जिल्लाको वीरगंज भन्सार, भिस्वा , सबैठवा , महादेवपर्टि , भिखमपुर लगाएतका नाकाहरुमा रहेका बिओपी प्रमुखहरु मार्फत नजराना बुझी सशस्त्र प्रहरी पर्सा प्रमुख तस्करी गर्ने छुट दिएको छ ।
वीरगंज भन्सारका प्रहरी निरीक्षक स्वर्ण बम, र सशस्त्र प्रहरी भिस्वा बिओपी प्रमुख संजिव बानियाँ पर्साका एसपी राजेन्द्र खड्काका निकट मानिन्छन्। यी द्वय निरीक्षकहरुको सहयोगले पटक पटक भारतबाट भित्राएका अवैध सामानहरु नेपाल प्रहरीले पक्राउ गरेपनि यिनिहरुलाई केहि कारवाही हुने नगरेको एक प्रहरी जवानले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३