काठमाडौँ– ‘मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन् ।
‘मान्छे मारेर जेल परेका र फेरि जेलभित्रै अर्को व्यक्तिलाई कुटीकुटी मार्ने हत्यारालाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपति ज्यू ?’ बिनुले प्रश्न गरिन् । राज्यको संरक्षणमा राखिएका पौडेलका हत्यारा सावित भइ कारबाही भोगीरहेका फणिन्द्र श्रेष्ठ,सुनील केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ गते आममाफी दिइएपछि बिनुले न्यायका लागि फेरि लड्ने बताएकी छन् ।
२७ वर्षको उमेरमा बिनुले श्रीमान गुमाइन । चितवनको केराबारीमा भएको एक व्यक्ति हत्याको केशमा उनका श्रीमान् २०६८ भदौमा जेल परेका थिए । थुनछेक बहसका लागि कारागार चलान गरिएका शिवको मंसिर २० गते राती २ बजे सुतिरहेका बेला चक्कु, खन्ति, चापाकलको झाप, रड प्रयोग गरी निर्मम तरिकाले कुटपिट गरियो । पौडेललाई पुष २ गते मृत घोषणा गरियो ।
२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर १० मा धारीलो हतियार प्रयोग गरी हत्या भएको थियो । सोही केशमा चितवनका श्रेष्ठ, केसी र मोक्तान जेल परेका थिए । उनीहरुले नै शिवको पनि जेलभित्रै हत्या गरिदिए । पौडेल दाजु भाइको हत्यामा संलग्न श्रेष्ठ,केसी र मोक्तानलाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइयो । तीनै जना ओली पक्षीय नेकपा समर्थक हुन् । श्रोतका अनुसार यी तीन जना तत्कालिन समयमा एमालेका नेताहरुको ठेक्का पट्टामा बिचौलीयाको काम गर्ने सक्रिय युवा हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३