काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।
‘यदी तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस्,’ चितवनबाट मंगलबार साँझ प्रचण्डले भने।
उनले मूल पार्टीमा सांसदहरूलाई फर्कन आग्रह गरेका छन्।
ओलीसँग गएका सांसदलाई आफूहरूले नेतृत्व गरेको नेकपामा आउन र आफूहरू स्वागतका लागि तयार रहेको उनले बताए।
सर्वोच्चले आज प्रतिनिधि सभा विघटनलाई बदर गरेको छ।
उनले देशैभर विजय र्याली र जुलुस गर्न अपिल गरेका छन्। प्रचण्डले राजनीतिक दलहरूसँग सहकार्य र समझदारी गरेर अब अगाडि बढ्ने बताए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३