काठमाडौं – नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रधानमन्त्री केपी ओलीले हानेको एक गोल पोलमा लागेर फर्केको भन्दै पुनः अर्को गोल हान्ने बताएका छन् ।
मंगलबार ओली निकट राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै युवा संघका पूर्व संयोजक समेत रहेका बस्नेतले सर्वोच्च अदालतको फैसलाबाट आफूहरु निराश नभएको भन्दै ओलीले पुनः अर्को गोल हान्ने बताएका हुन् ।
‘प्रधानमन्त्री ओलीले हानेको एक गोल पोलमा ठोक्किएर फर्किएको हो । अब हामी फेरि गोल हान्ने छौँ र नेपालको राजनीतिमा सबभन्दा धेरै चोटी स्कोर गर्ने नेता केपी ओली नै हुनुहुनेछ’, बस्नेतको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३