काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गर्ने भएकी छन् ।
प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने दबाब बढेका बेला राष्ट्रपति क्षमा पूजाका लागि पशुपति जान लागेकी हुन् । पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा रहेको जलहरीमा सुनको जलप लगाउनुअघि राष्ट्रपतिले षमा पूजा गर्ने पशुपति जलहरी निर्माण व्यवस्थापन समिति सदस्य राजु केसीले बताए ।
परम्पराविपरीत सुनको जलप नलगाउन धार्मिक क्षेत्रले चर्को विरोध गर्दागदैै सरकारले जबर्जस्ती शिवलिङ्गमा जलप लगाउन लागेको हो ।पूजापाठका लागि भारतबाट ३३ जना ब्राह्मण झिकाइएको छ । यसअघि पशुपतिमा चाँदीको जलप लगाइँदै आइएको थियो । सुनको जलहरी राख्ने तत्काल काम रोक्न माग गर्दै सोमबार मात्र सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट दर्ता भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३