काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुको विकल्प नभएको बताएका छन् । उनले अब ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर बालकोट बस्नुपर्ने सुझाव दिएका छन् । श्रेष्ठले भने,‘केपीजीले अब राजीनामा दिएर बालकोट गएर बस्नुपर्छ ।
उनले पार्टी फुटाउन पनि सक्दैनन् । अध्यादेश पनि आउन सक्दैन् ।’ दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल, र प्रवक्ता श्रेष्ठबीच आज पार्टी कार्यालय पेरिसडाँडामा छलफल भएको थियो । उक्त छलफलमा ओलीले राजीनामा दिनुपर्ने निश्कर्ष निकालिएको स्रोतको दाबी छ । आजै संसदीय दलको बैठकसमेत बोलाएका छन् । अहिले दाहाल र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३