काठमाडौँ – नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर प्रतिनिधिसभा पुर्नस्थापनाले केही फरक नपर्ने दाबी गरेका छन् ।
ओली समूह निकट राष्ट्रिय युवासंघ बैठकलाई बुधबार राजधानीमा सम्बोधन गर्दै पोखरेलले प्रतिनिधिसभा पुर्नस्थापना भए पनि विघटन गरेर आफूहरुको उद्देश्य पुरा गरिएको जिकिर गरे । ‘ प्रतिनिधिसभा पुर्नस्थापना भएर केही बिग्रिएको छैन’, पोखरेलले भने, ‘हामीले जे उद्देश्यले प्रतिनिधिसभा विघटन गरेका थियौं, त्यो पुरा भएको छ ।’
प्रतिनिधिसभा विघटन गरेर पार्टी र नेतृत्वविरुद्ध भएका षड्यन्त्रबारे जनतालाई बुझाउन सकिएको तर्क पोखरेलको थियो । उनले अब आफूहरु प्रचण्ड–माधव नेपालविरुद्ध आन्दोलन लिएर जनतामा जाने बताए । ‘उहाँहरु गैरकम्युनिष्टसँग मिलेर सरकार बनाउने खेलमा हुनुहुन्छ’, पोखरेलले भने, ‘के कारणले कम्युनिष्ट सरकारलाई काम गर्न दिइएन र गैरकम्युनिष्ट सरकार बनाइयो भन्ने कुरा लिएर आन्दोलनमा जाने हो ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३