काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारको गरेको विकास देखेर विश्व चकित परेको जिकिर गरेका छन् ।
ओलीले आफूले विकासमा विश्वकै ‘राईजिङ स्टार’ को भूमिका खेलेको बताए । यो दाबी आफ्नो नभएर विश्व बैंकको भएको दाबी उनको थियो ।
ओलीले थानकोटमा सुरुङ, टोखा–छहरे सुरुङ मार्ग निर्माणको तयारी, नदीहरुको स्टिमरको सञ्चालन, डिजिटल नेपाल निर्माणको सुरुआत आफ्नो सरकारले गरेको चमत्कारिक विकास भएको चर्चा गरे । कुनै प्रशान्त महाशागरमा पानीजहाज चलाएर चमत्कार गर्ने पनि उनले बताए ।
‘मैले पानी जहाज र रेलको कुरा गर्दा मानिसहरु हाँसेका थिए’, कृषि मन्त्रालयको आयोजनामा नेपालीको माटोको डिजिटल नक्सा सार्वजनिक गर्न बुधबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले भने, ‘आज मेरो सरकारले गरेको विकास देखेर विश्व चकित भएको छ, यो मैले भनेको होइन । विश्व बैंकले भनेको हो ।’
ओलीले आफूले इमान्दारीपूर्वक मुलुकको विकासका लागि काम गर्दा केही मानिसलाई छटपटी भएको आरोप लगाए । उनको संकेत प्रचण्ड र माधव नेपालतर्फ थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३