काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको प्रधानमन्त्री बन्ने सम्भावना शून्य रहेको बताएका छन् ।
थापाले अहिलेको राजनीतिक परिस्थितिमा प्रचण्ड-माधव प्रधानमन्त्री बन्नु भनेको गोरु ब्याएर बिगौती खान खोजे जस्तै भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले प्रचण्ड-माधवको नेतृत्वमा नयाँ सरकार असम्भव भएको बताए ।
थापाले लेखेका छन्, पुष्पकमल दाहाल “प्रचण्ड“ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रीत्व) मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजे जस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔँ !!
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३