काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच पहिलोचोटि भेटवार्ता भएको हो । ओली राष्ट्रपति भेट्न बिहीबार राति शतिलनिवास गएको उनको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार लालबाबु यादवले राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको जानकारी दिए ।
भेटमा सर्वोच्च अदालतले आफूहरुको कदम बदर गरेको विषयदेखि संसद बैठक आह्वान, सरकारविरुद्ध संसदमा प्रस्तुत हुने अविश्वास प्रस्तावको सामना कसरी गर्ने लगायत रणनीतिबारे कुराकानी भएको बुझिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीले सर्वोच्च अदालतले कार्यकारी प्रधानमन्त्रीको निर्णय बदर गर्ने गलत फैसला गरेको समान निस्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सर्वोच्च अदातलको संवैधानिक इजलासले मंगलबार विघटन बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन सरकारका नाममा परमादेश जारी गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३