काठमाडौँ – प्रधानमन्त्री केपी ओेलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । सर्वोच्चले मंगलबार प्रतिनिधिसभा विघटनको सिफारिस बदर गर्दै १३ दिनभित्र संसद् बैठक डाक्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।
मन्त्रिपरिषदले संसद बैठकको मितिसहित राष्ट्रपतिलाई बैठक आह्वान गर्न सिफारिस गर्ने सम्भावना छ । यस्तै प्रधानमन्त्रीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सम्भावना पनि छ । यसअघि दुईपटकसम्म प्रधानमन्त्रीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए ।
केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा बहुमत भए छुट्टै दलको मान्यता पाउने गरी ल्याइएका दुवै पटकका अध्यक्षदेशप्रति नेकपाभित्र र बाहिरसमेत चर्को आलोचना भएपछि ओली पछि हटेका थिए । नेकपा संसदीय दलमा ४० प्रतिशत भए पनि ४ सय ४१ सदस्यीय मौजुदा केन्द्रीय समितिमा प्रधानमन्त्री ओली अल्पमतमा छन् ।
प्रतिनिधिसभा पुर्नस्थापनापछि नैतिकताका आधारमा राजीनमा मागिए पनि ओली सत्ता छाड्ने मनस्थितिमा छैनन् । बरु, भित्रभित्रै काँग्रेससँग सत्ता समीकरणको प्रयास जारी राखेका छन् । काँग्रेसले नेकपा विभाजन नभएसम्म भावी सत्तासमीकरणबारे निर्णय नगर्ने अडान लिएका कारण ओली दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने मनस्थितिमा पुगेको दाबी बालुवाटार श्रोतको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३