नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई आज बिहान ३ बजेतिर शरीरको देब्रे भाग नचल्ने समस्या देखियो। प्रारम्भिक
उपचारका लागि उनलाई वीर अस्पताल पुर्याइए पनि त्यहाँबाट बिहान थापाथलीस्थित नर्भिक अस्पताल सारियो।
मस्तिष्कघात भएका जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ। चिकित्सकहरूले उहाँलाई ब्रेन ह्यामरेज भएको बताएका छन्। अवस्था चिन्ताजनक नै छ,’ नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले भने, ‘ड्रेन गरेर मस्तिष्कबाट रगत निकालिएको छ।’
नर्भिकमा डाक्टर राजीव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको स्वास्थ्य उपचार गरिरहेका छन्। केस क्रिटिकल छ। ४८ घन्टा हेरौं। अहिले केही भन्न सकिन्न,’ निर्देशक सिंहले भने। नर्भिकको आइसियूमा राखेर उनको उपचार जारी छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३