काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । अनेरास्ववियूले शुक्रबार काठमाडौंको आरआर क्याम्पसमा आयोजना गरेको भेलामा उनले कसैले भन्दैमा जनताले बिश्वास गरेको प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताएका हुन् ।
उनले प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने धारणा बताए । उनले हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन चूनौति दिएका छन् । नयाँ कम्युनिस्ट पार्टीमा युवाहरू हुने र दशकौँदेखि पार्टी सत्ता कब्जा गरेकाहरू नहुने पोखरेलको भनाई छ । उनले ढाडमा टेकेर टाउकोमा हान्न पल्केकाहरुलाई पराजित गर्दै पार्टीलाई मजबुद्ध ढंगले अघि बढाइने धारणा राखे ।
कार्यक्रममा नेकपा ओली पक्षका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनःस्थापना भएपछि खुसी भएर लड्डु बाड्नुको कुनै अर्थ नरहेको बताए । उनले संसदमा होस् वा निर्वाचनमा दुवैतिर लड्न आफूहरु तयार भएको बताए ।
कार्यक्रममा सो पक्षका अन्य नेताहरुले अव संसदबाट डटेर अघि बढ्ने र मुलुकलाई लोकतन्त्रको बाटोमा अघि बढाइने बताएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३