काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल कम्युनिस्ट पार्टी कानुनीरुपमा अलग नभएसम्म सत्ता समिकरणको कुरा हुन नसक्ने बताएका छन् । उनले नेकपा कानुनी रुपमा अलग भएमा मात्र सत्ता समिकरणबारे कुरा गर्ने बताए ।
दलिय व्यवस्थामा फरक–फरक पार्टीबीच सहकार्य हुनु स्वभाविक भएको बताउँदै नेकपा दुई समूहमा विभाजन भएपनि कुन समूह आधिकारीक हो भन्ने प्रष्ट नभएकाले सत्ता समिकरणको कुराको अर्थ नभएको बताए ।
एक मिडियासंग कुरा गर्दै नेता महतोले भने,“कुनै व्यक्तिसँग सत्ता साझेदारी गर्ने होईन, पार्टी पार्टीबीच सहकार्य हुने हो, त्यसैले नेकपाको कुन समूह सिँगो नेकपा पार्टी हो भन्ने कानुनीरुपमा पुष्टि भएपछि मात्र सत्ता समिकरण गर्ने छौँ ।”
जुन पार्टी आधिकारीक हुन्छ उसैसँग सहकार्य हुन सक्ने बताए । देशमा राजनीतिक संकट नेकपा पार्टी कै कारण आएको उनको भनाई थियो । प्रतिगमन गर्ने र आन्दोलन गर्ने दुवै समूह एकै पार्टीको नाममा लडिरहेकाले यो संविधानको व्यवस्था विपरित भएको नतो महतोले तर्क गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३