गुल्मी – नेकपा प्रचण्ड–नेपाल समूहका नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी ओली नैतिकता नभएको नेता भएको आरोप लगाएका छन् ।
आफूले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै सर्वोच्चले पुनस्र्थापना गरेपछि पनि लाजै नमानी ओली सत्तामा टाँसिरहनु आपत्तिजनक भएको टिप्पणी गरे ।
ओलीले नैतिकताको खडेरी रहेको तर, सत्ताको खोको रहेको उनको भनाइ थियो । विष्टले संविधान र लोकतन्त्रप्रति थोरै पनि इमान्दार भए तत्काल पदबाट राजीनामा दिन ओलीलाई सुझाए ।
‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्नु ओलीले हार्नु हो’, गृहजिल्ला गुल्मीमा आयोजित कार्यकर्ता भेलामा विष्टले भने, ‘ओलीजीमा अलिकति पनि नैतिकता देखिएन ।’
फरक प्रसंगमा विष्टेले नेकपा विवादमा निर्णय दिन आलटाल गरेर निर्वाचन आयोग संवैधानिक दायित्वबाट पन्छिएको बताए । उनले आयोगको स्वतन्त्र भूमिकामा प्रशन उठेको उल्लेख गरे ।
पार्टी केन्द्रीय समिति र संसदीय दलमा बहुमतमा रहेको आफ्नो समूहले पार्टीको आधिकारिकता र चुनाव चिन्ह पाउनुपर्ने स्पष्ट रहेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३