काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन सजिलो नभएको बताएका छन् । आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्रीबाट हटाउन चुनौती दिए ।
‘मलाई कसैले हटाउन सक्छ भने हटाओस्, तर त्यो सजिलो छैन,’ ओलीेले भने,‘आउँदो चुनावमा दुई तिहाई ल्याएर फेरि सिंहदरबार पस्छु ।’ उनले आफू देश बिगार्नेहरुविरुद्ध रहेको टिप्पणी गरे । देश बनाउन आफू सक्रिय भएको बताए ।
ओलीले प्रचण्डप्रति व्यङ्ग्य गर्दै नेपाली जनतालाई दुःख दिएर अरुका लागि कम्फर्टेबल सरकार बनाउन खोजेको आरोप लगाए । उनले नेपाली जनताका लागि काम गर्ने सरकार चाहिएको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३