काठमाडौं – गोंगबुमा एक पुरुषलाई आफ्नो कोठामा डाकेर क्रूरतापूर्वक हत्या गरेको अभियोगमा मुद्दा चलाइएकी चितवनकी कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको फैसला भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले बुधबार उक्त ठहर गरेको हो । टोखा नगरपालिका–१० गोंगबु स्वर्गद्वारी टोलमा साउन २५ गते दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा ३७ वर्षीया मुडभरी र उनकी छोरीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो । अदालतले मुडभरीकी नाबालिका छोरीलाई भने निर्दोष ठहर गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धानअनुरूप मुलुकी अपराध संहिता २०७४ कोे दफा १७७ (२) बमोजिम जघन्य अपराध रहेको दाबीसहित मुडभरीलाई आजीवन कारावासको मागसहित मुद्दा दायर भएको थियो । उनकी छोरीलाई भने हत्या प्रकरणमा मतियारको आरोप थियो । अन्नपूर्ण पोस्ट् दैनिकबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३