काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई निकास दिन नेपाली कांग्रेस तयार रहेको बताएका छन् । रौतहटको गढीमाई नगरपालिका ६ धर्मपुर–सिंगारवन गाउँमा आयोजना गरिएको विष्णु महायज्ञको बुधबार उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले अहिले देश असहज अवस्थामा पुगिसकेकाले आवश्यकताअनुसार नेपाली कांग्रेस निकास दिन तयार रहेको बताए ।
उनले दुईतिहाइ जनताको मत पाएर पनि कम्युनिस्टले सत्ता सञ्चालन गर्न नसकी संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि ग्रहण लगाउन कुनै कसर बाँकी नराखेको टिप्पणी गर्दै भने, ‘यस्तो अवस्थाबाट मुलुकलाई निकास दिन नेपाली कांग्रेसको आवश्यकता र भूमिका देखियो भने त्यसका लागि कांग्रेस तयार छ ।’
सत्ता सञ्चालन कसरी गर्ने भन्ने विषयमा नेकपाभित्रको आन्तरिक विवादका कारण सिंगो मुलुक नै अनिर्णयको बन्दी बन्न पुगेको र राजनीतिक अस्थिरतातर्फ धकेलिएको बताउँदै सभापति देउवाले संघीय गणतन्त्र जोगाउन कांग्रेसले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पारेको आजको नागरिक दैनिकमा खवर छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३