काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आज पार्टी आधिकारिकता दाबी गर्नको लागि निर्वाचन आयोग जाने भएको छ। उक्त समूहका एक नेताकाअनुसार अहिले पेरिसडाँडामा सांसदहरु भेला भएका छन्। उनकाअनुसार आयोगको कार्यालयमा पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल आँफै जाने भएका छन् ।
आयोगले नेकपाको आधिकारिकता कसलाई दिने भन्नेबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन् । तर, उसले अब नेकपाको दल विवाद समाधान गर्न विलम्ब नगर्ने तयारी गरेको छ । हिजोमात्रै पाँच पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको दल विवाद चाँडो निदान गर्न सुझाव दिएका थिए । आयोगले भने गत माघ ११ गते पार्टी विभाजनलाई मान्यता नदिने बाहेक थप कुनै निर्णय गरेको छैन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३