काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । यही फागुन २३ गते संसद् बैठक बस्ने तय भएपछि थप रणनीति बनाउनको लागि उक्त समूहले आज संसदीय दलको बैठक बोलाएको हो । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने जनाईउको छ। एक सांसदका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुनेछ ।
प्रतिनिधिसभा पूनःस्थापना भएपछि प्रधानमन्त्री ओलीलाई जसरीपनि प्रधानमन्त्रीबाट विस्थापित गर्ने तयारीमा यो समुह जुटेको छ । यसअघि नै दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका थिए । हिजोमात्रै देउवाले पदाधिकारी बैठक डाकेर उक्त प्रस्तावबारे ब्रिफिङ गरेका थिए । आजै कांग्रेसले पनि संसदीय दलको बैठक डाकेको छ । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे हिजोमात्रै पदाधिकारी बैठकमा ब्रिफिङ गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३