काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । भट्टराई निवास टोखामा पुगेर दाहालले भेटवार्ता गरेका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएपछि आज पहिलोपटक पार्टीको स्थायी कमिटी बैठक बसेपछि दाहालको सक्रियता बढेको हो । उनले आफ्नो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको बताउने गरेका छन् ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढालेर कांग्रेस, माओवादी केन्द्र र जसपाको सरकार बनाउने दाहालको चाहना छ । यसको लागि उनले आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगपनि छलफल गरेका छन् । संसद्को बैठक भोलि अपरान्ह १ बजे बस्दैछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३