काठमाडौँ – पुर्नस्थापित प्रतिनिधिसभाको दोश्रो बैठक आज बस्दैछ ।
यसअघि २३ फागुनमा बसेको पहिलो बैठकमा सरकारले संसद छलेर अंवैधाकि रुपमा ल्याएका अध्यादेश पेश गर्ने कार्यसूची राखिएपछि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । प्रचण्ड र माधव नेपाल समूहका सांसद भने शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको बैठकमा अरु एजेण्डा नहरने परम्पराविपरीत अध्यादेश पेश गर्न लागिएको भन्दै बैठक बहिस्कार गरेका थिए । प्रतिपक्षीको नाराबाजी र सत्तापक्षकै एक समूहका सांसदले बहिस्कार गरेपछि सभामुख अग्नि सापकोटाले आजसम्मका लागि बैठक स्थगन गरेका थिए ।
आज पनि सरकारले यसअघिकै विधेयक अगाडि बढाउने भएको छ । सो विधेयक आए बैठक बहिस्कार गर्ने तयारी विपक्षी दलको छ । संसद सचिवालयका अनुसार आज शोक प्रस्तावसहित गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमनसम्बन्धी अध्यादेश पेस गर्ने कार्यसूची छ ।
यस्तै आजको कार्यसूचीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले औषधि तेस्रो संशोधन अध्यादेश– २०७७ र कानूनमन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश पेस गर्ने संसद सचिवालयले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३