काठमाडौं – जनता समाजवादी पार्टीलाई सत्ताको मौका आउने छाँटकाँट देखिदैछ । जसपाभन्दा बढी सिट भएका तीन राजनीतिक दलबीच सरकारको नेतृत्वका लागि खिचातानी परेपछि जसपालाई मोका आउने छाँट देखिएको हो ।
नेकपा एमाले र माओवादी केन्द्रबीच सत्ता समिकरणको सम्भावना न्यून छ । यद्यपि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छैन । यो प्रचण्डको रणनीतिक चार्तुयता हो ।
काँग्रेस र एमालेबीच सत्ता समिकरणको सम्भावना पनि कमजोर छ । माओवादी केन्द्रले देउवालाई समर्थन गरेपनि जसपाको ध्यान आफै सरकारको नेतृत्व गर्नेतर्फ छ ।
जसपाभित्र सरकारको नेतृत्वका लागि संसदीय दलको नेता बन्ने दौड चलेको छ । त्यसमा महन्थ ठाकुर र डा. बाबुराम भट्टराईबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । ठाकुर सरकारमा जाने र नेतृत्व गरेरै बढ्ने रणनीतिमा छन् । बाबुराम पनि नेतृत्व गर्न पाए मात्र अघि बढ्छन् ।
यद्यपि, बाबुरामले सत्ताको मुसा दौडमा जसपा नभएको बताएका छन् । तर, कुनैपनि बेला जसपाले सत्ता समिकरण गर्ने सम्भावना छ ।
सरकारको नेतृत्व पाए ठाकुर या भट्टराईमध्ये एकको सम्भावना छ । जसपा संसदीय दलमा ठाकुर पक्ष बलियो छ । तर, रणनीतिक चार्तुयताले भट्टराईले बाजी मार्ने सम्भावना बलियो देखिदैछ ।
यसैगरी, ओली, देउवा र प्रचण्डको तानातानमा परेको जसपाभित्रै संकट बढ्दैछ । सत्ताको दौडमा जसपा फुटको संघारमा पुगेको छ । यसलाई जोगाएर जाने हो भने जसपा सरकारको नेतृत्वमा पुग्न सक्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३