काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसँग छलफल गरेरमात्र आफूहरू सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा रहेको बताएका छन्।
शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरूले समर्थन फिर्ता लिएपछि सरकारलाई विश्वासको मत लिनुपर्ने बाध्यता आउने बताए। तर त्यसअघि नेकपा एमालेभित्रका माधव नेपाल लगायतसँग छलफल गर्ने उनले बताए।
‘हामीले समर्थन फिर्ता लिने बित्तिकै उनले(केपी शर्मा ओलीले) विश्वासको मत लिनुपर्ने बाध्यता आउँछ’, प्रचण्डले भने, ‘हामी नेपाली कांग्रेस र जसपासँग र नेकपा एमाले भित्रै पनि माधवजीहरूसँग सल्लाह गरेरमात्र समर्थन फिर्त लिने पक्षमा छौं। सबैसँग एउटा समझदारी बनाएर समर्थन फिर्ता लिँदा सरकार ढल्छ। त्यसो नगरी समर्थन फिर्ता लिए अप्ठ्यारो स्थिति आउँछ।’
उनले जनता समाजवादी पार्टीमा विभिन्न धार देखिएको त्यसबाट प्रधानमन्त्री केपी शर्मा ओलीले १८ देखि २० सांसद लैजाने तयारी गरेको बताए।
त्यसका लागि पैसादेखि मन्त्रीसम्मको लोभ दिइएको उल्लेख गरे।
प्रचण्डले प्रधानमन्त्री हटाउन अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी समेत रहेको बताए।
‘जसपा कांग्रेससँग मिलेर लिखित रूपमा अविश्वासको प्रस्ताव दर्ता गरेर केही दिनभित्रै बिदाइ गर्नेतर्फ ध्यान गइराखेको छ’, प्रचण्डले भने।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३