काठमाडौं – नेकपा (एमाले) भित्र शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष केन्द्रीय कमिटीले हिजो गरेको निर्णयलाई चूनौति दिँदै माधव नेपाल–झलनाथ खनाल पक्षले समानान्तर कमिटी बनाएको छ । आज बसेको नेपाल–खनाल पक्षको केन्द्रीय कमिटी बैठकले समानान्तर कमिटी बनाएको हो ।
नेपाल पक्षले प्रदेश १ को संयोजनको भीम आचार्यलाई तोकेको छ भने प्रदेश २ को ईन्चार्जमा घनश्याम भुसाललाई तोकेको छ । त्यस्तै, बाग्मती प्रदेशको ईन्चार्जमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डेलाई, र लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको जिम्मा युवराज ज्ञवालीलाई दिएको छ । र, सुदूरपश्चिम प्रदेशको जिम्मा भीम रावललाई दिइएको छ भने युवा विभागको जिम्मा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको एक नेताले जनाए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३