काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुच्छर भएको कम्युनिस्ट पार्टी नरहने अवस्थाको कल्पना गर्थे । उनले बारम्बार पुच्छर भएको कम्युनिस्ट पार्टी नरहने अवस्था बनाउन सबै कम्युनिस्ट घटकसँग छलफल पनि गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एकताको प्रस्ताव पनि गरे । पार्टी एक बनाएर नेपाल कम्युनिस्ट पार्टी गठन गरे । तर, त्यही उनका लागि प्रतिकूल बन्यो ।
निर्वाचन आयोगमा पुच्छर नभएको कम्युनिस्ट पार्टीको नाम दर्ता गर्दा प्रचण्ड माओवादी केन्द्रको अध्यक्षका रुपमा तीन वर्षपछि फर्किनपुगे । यो उनको इच्छाले नभई सर्वोच्च अदालतको आदेशले भएको हो ।
ऋषि कट्टेलको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी दर्ता भइरहँदा निर्वाचन आयोगमा त्यही नाम दर्ता गरे । जसका कारण अदालतले उक्त पार्टी नै खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताइदियो ।
एकता केन्द्र, नेकपा माओवादी र माओवादी केन्द्र समेत विघटन गरेर नेकपा गठनमा मुख्य भूमिका खेलेका प्रचण्ड त्यसमा गर्व पनि गर्थे । तर, अहिले उनी पुच्छर झुण्ड्याएको कम्युनिस्ट पार्टीको नेतामै सिमित छन् । तर, प्रचण्डको पुच्छर नभएको नेकपा बनाउने उद्देश्य अझै मेटिएको छैन ।
प्रचण्डले ओलीविरोधी असन्तुष्ट पक्षसँग सहकार्य गरेर नेपाली कम्युनिस्ट पार्टी बनाउने तयारी गर्दै छन् । त्यसका लागि घनीभूत छलफल समेत बनाएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३