काठमाडौं – नेकपा एमाले संसदीय दलको बैठक बिहिबार ११ बजे बालुवाटारमा बस्ने गरी डाकिएको छ । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।
एमालेभित्र गुटको संघर्ष उत्कर्षमा पुग्दा संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा माधव नेपाल समूहका सांसदहरु अनुपस्थित हुने भएका छन् । नेपाल समूहले बिहिबारसम्म राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको छ ।
२८ फागुनमा एमाले अध्यक्ष ओलीले गरेका विभिन्न निर्णयहरु फिर्ता नभएसम्म नेपाल समूहले कुनैपनि बैठकमा सहभागी नहुने अडान राखेको छ । ओलीले निर्णयबाट पछि नहट्ने स्पष्ट पारेका छन् । यसले नेकपा विभाजनको संघारमा पुगेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३