काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान १० बजेर पाँच मिनेटमा काभ्रे केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको थियो।
केन्द्रकाअनुसार बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा काभ्रेको सीसाखानीलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्नेच्यूडको भूकम्प गएको हो।
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३