काठमाडौं – प्रहरीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाबाट अवैध तरिकाले रेडपाण्डाको शिकार गरेर छाला संकलन गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका–२ घर भएका जगतबहादुर राई, सो गाउँपालिकाको वडा नम्बर–३ घर भएका मितुरधन राई र कविरशेखर राई छन् । इन्स्पेक्टर मन्दिप चौहान नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई रेड पाण्डाको छालासहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको घरबाट ७ थान रेड पाण्डाको छाला बरामद गरेको छ । मकालु वरुण राष्ट्रिय निकुञ्जमा शिकार गरेर सो समूहले रेड पाण्डाको छाला संकलन गरेको थियो । रेड पाण्डा मार्न प्रयोग गरिने ५ थान पासो पनि प्रहरीले बरामद गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–०२९ अनुसार पाण्डा मार्नेलाई ५ देखी १० लाख सम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद हुने व्यवस्था छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३